झापामा एथलेटिक्स, भलिबल, हक्की, भारत्तोलनका खेलाडी छनोट
(रोहित काफ्ले) भद्रपुर । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरूका खेलाडी छनोट भएका छन् ।
आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधवार सम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसकेको बताइएको छ ।
मेची रङ्गशालामा सम्पन्न एथलेटिक्सको नतिजा अनुसार महिलातर्फ १०० मिटरमा हिमा पौडेल र सविना चौहान, २०० मिटरमा निशा माझी र रेणुका गौतम, ४०० मिटरमा विष्णु चम्लागाईं र दिया बराल, ८०० र १५०० मिटरमा सुस्मिता राई, ५००० मिटरमा सलिना तामाङ र सविना चौहान छनोट भएका छन् भने लङजम्पमा रेणुका गौतम र सविना चौहान, ट्रिपल जम्पमा सविना चौहान, सटपुट र डिस्कसथ्रोमा कञ्चन विमली, ज्याभलिन थ्रोमा सलिना तामाङ, हाई जम्पमा रेणुका गौतम र सविना दर्नाल छनोट भएको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।
एथलेटिक्सको पुरुषतर्फ १०० मिटरमा विनय धिमाल र राजीव ढुङ्गाना, २०० मिटरमा प्रजे तामाङ र विनय अधिकारी, ४०० मिटरमा लीला भित्री कोटी र विनय अधिकारी, ८०० मिटरमा प्रेम तामाङ र पवनकुमार शाह, १५०० मिटरमा प्रेम तामाङ र मेघराज राई, ५००० मिटरमा सरोज सिंह र सुखदेव टुडु, १० हजार मिटरमा सरोज सिंह र अनिल हेमरम तथा २१ किलोमिटरमा मेघराज राई छनोट भएका छन् भने लङजम्पमा राजीव ढुङ्गाना र मुकेश चौधरी, ट्रिपल जम्पमा राजीव ढुङ्गाना र विशाल टुडु, हाई जम्पमा विशाल टुडु र प्रजे तामाङ, ज्याभलिनमा शुकराज तामाङ र सुमन दर्जी, सटपुटमा प्रवेश धिमाल, डिस्कसथ्रोमा प्रेम तामाङ र अभिषेक राजवंशी छनोट भएका छन् ।
पुरुष भलिबलतर्फ विमान खड्का, रोमन बस्नेत, राजन लिम्बू, रोहित सिवाकोटी, पुकार तामाङ, रविन गौतम, गणेश कटुवाल, कुमार कटुवाल, अनीश निरौला, सुमन राना मगर, भरत यादव, सुजन बुढाथोकी, लीला डाँगी, कृष्ण तामाङ, आकाश नेपाली र प्रकाश लावती चयन भएका छन् भने महिलातर्फ झरना राजवंशी, पवित्रा डाँगी, शून्यता मगर, रेजिना पन्धाक, नुमा लाओती, पूजा सुवेदी, प्रसन्ना बोहोरा, नेहा बोहोरा, प्रशान्ति श्रेष्ठ, निकिता भट्टराई, तानिया राई, मञ्जु मावो, हिरा खड्का र प्राची गौतम चयन भएको प्रशिक्षक हेमा थापाले जानकारी दिए ।
यस्तै, हक्की पुरुषतर्फ मनोज चौधरी, सन्तोष बेस्रा, दीपक खतिवडा, कृष्ण तामाङ, विशाल चौधरी, राजु राजवंशी, रिसब चौधरी, नरेश मगर, रोशन श्रेष्ठ, अनिकत प्रधान, शिवजी मगर, किशु मगर, विष्णु घिमिरे, सुदीप चौधरी, कैलाश सिवाकोटी, गोरव कार्की, विवेक राजवंशी र कृष्ण लुइँटेल छनोट भएका छन् भने महिलातर्फ सिर्जना तामाङ, उषा मुर्मु, रञ्जीता राई, समि राई, पूर्णिमा राई, अरुणिमा राजवंशी, अञ्जली पाहान, मनिका समरिया, करुणा चम्लागाईं, शान्ति कार्की, अस्मिता माझी, सविना दर्नाल, रजिता दंगाल, रोमा ऋषिदेव, रञ्जना राजवंशी, प्रिष्किला मगर विष्णु जोगी र नूमा आङ्देम्बे छनोट भएको प्रशिक्षक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
यसैगरी, भारत्तोलनमा महिलातर्फ ४९ केजीमा राधा भुजेल, ५५ केजीमा करिना चौधरी र ५९ केजीमा सोनीदेवी दास छनोट भएका छन् भने पुरुषतर्फ ५५ केजीमा चन्दन मुखिया, ८१ केजीमा प्रसिद्ध भक्तराज लवट, ८९ केजीमा अमिलाल राजवंशी र सञ्जय फँयल छनोट भएको खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु नेम्बाङले बताए ।
मेची रङ्गशालामा कराते र तेक्वान्दोका खेलहरू जारी रहेको र बिहीबारसम्ममा नतिजा आउने कराते प्रशिक्षक कालु मेचेले जानकारी दिए । यसैगरी, फुटबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाललगायतका खेलहरू जिल्लाका विभिन्न स्थानमा जारी रहेको समितिका प्रवक्ता जगण दुर्वासा कार्कीले बताए ।