हल्दिबारीको नव सृजना प्राविका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण
हल्दिबारी । झापाको हल्दिबारीस्थित नव सृजना प्राविका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाडौँ सयपत्री लुम्बिनीले एक सय जना विद्यार्थीहरूलाई विद्यालय पोसाक टिसर्ट र टाउजर वितरण गरेको हो ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष श्री रवीन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य भएको कार्यक्रममा संस्थाका प्रेसिडेन्ट भीमार्जुन ओलीले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँका चियर पर्सन श्यामबाबु न्यौपाने, विद्यालयका सल्लाहकार समितिका संयोजक कुमार राई, सल्लाहकार होमनाथ दाहाल, शारदा कन्दङ्गवा, चन्दादाता अम्बिकाप्रसाद ओलीज्यू लगायतको उपस्थिति रहेको थियो ।
शिक्षक बुद्धिप्रसाद नेपालले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार मैनालीले गरेका थिए ।