२०८३ बैशाख ४ गते , शुक्रबार

केन्यासँग नेपाल पराजित 

sajilo news
झापा
२०७९ भाद्र १० गते , शुक्रबार
केन्यासँग नेपाल पराजित 

केन्यासँगको टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पराजित भएको छ। केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार ५ विकेटले विजयी सुरुवात गरेको नेपाल शुक्रबार केन्यासँग १८ रनले पराजित भएको छ। 
टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ६ बल अगावै सबै विकेट गुमाएर ११५ रन जोडेको थियो।  नेपालका लागि ओपनर पवन सर्राफले १९ रन बनाउँदा आशिफ शेख ५ रनमै आउट भएका थिए। त्यस्तै रोहित पौडेलले २०, आरिफ शेखले २५ र मोहम्मद अदिल आलमले २० रन बनाए।

सम्बन्धित समाचार