२०८३ बैशाख ५ गते , शनिबार
नेपाल केन्यासँग ७ रनले पराजित
केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत चौथो खेलमा नेपाल पराजित भएको छ। नेपाली खेलाडीको ब्याट नचल्दा केन्यासँग ७ रनले पराजित भएको हो।
टस जितेर ब्याटिङ गरेको केन्यालाई नेपालले १०१ रनमै आलआउट गरेको थियो। कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि केन्या सस्तै रनमा आलआउट भएको थियो।
१०२ रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो। नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्यो। अन्य कुनै खेलाडीले पनि दोहोरो अंकको रन ल्याउन सकेन।
यससँगै नेपाल दुई खेलमा विजयी बन्दा केन्या पनि दुई खेलमा विजयी भएको छ। केन्यासँग अन्तिम टी-२० खेल मंगलबार हुने छ।