२०८३ जेष्ठ २७ गते , बुधबार
इलाम २ बाट सुवासचन्द्र नेम्बाङ सिफारिस
नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस भएका छन्।
पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले नेम्बाङको एकल नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने छ। अरूको नाम सिफारिस नभएकाले क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको छ।