२०८३ बैशाख ६ गते , आईतबार

१२ सय करोडको लागूऔषधसहित दुई अफगान नागरिक पक्राउ

sajilo news
एजेन्सी
२०७९ भाद्र २१ गते , मंगलबार
१२ सय करोडको लागूऔषधसहित दुई अफगान नागरिक पक्राउ


नयाँ दिल्ली . दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।  करिब १२ करोड बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागूऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ।

उनीहरूबाट १० किलो शुद्ध हेरोइनसमेत बरामद गरिएको छ। आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको  हो। 

सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमले विदेशबाट लागूऔषध दिल्लीमा ल्याउने सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ।

एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले इन्स्पेक्टर विनोद कुमार बडोला र इन्स्पेक्टर अरविन्द कुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरिएको हो। 

पक्राउ गरेसँगै अन्तर्राष्ट्रिय सिंथेटिक लागूऔषध कारोबारीको पर्दाफाश गरिएको प्रहरीको दाबी छ। घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।  

सम्बन्धित समाचार