२०८३ बैशाख ५ गते , शनिबार
मेची क्याम्पसमा अनेरास्ववियु कमिटी गठन
मेची बहुमुखी क्याम्पस भद्रपुरमा पवन धमलाको अध्यक्षतामा अनेरास्ववियु क्याम्पस कमिटी गठन भएको छ । मंगलबार सम्पन्न अखिलको ३४औं क्याम्पस सम्मेलनबाट धमलाको नेतृत्वमा ४९ सदस्यीय नँया कार्य समिति सर्वसम्मत चयन भएको हो ।
अखिल मेची बहुमुखी क्याम्पस कमिटिको नँया कार्यसमितिको उपाध्यक्षमा विशाल गिरी र सुदिप लिम्बु, तथा सचिवमा सौरभ तिम्सिना चयन भएका छन् ।
त्यस्तै समितिको सहसचिवमा शिशिर उप्रेती, आयुषा घिमिरे, आशिष खरेल र पवन अधिकारी र कोषाध्यक्षमा अनुषा भण्डारी चयन भएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य मनोज ताम्लीले जानकारी दिए ।