२०८३ बैशाख १२ गते , शनिबार

पश्चिम बंगालको जलपाईगुडीमा एक्कासी बाढी आउँदा मूर्ति विसर्जन गर्न गएका ८ को मृत्यु , कयौँ बेपत्ता

sajilo news
एजेन्सी
२०७९ आश्विन २० गते , विहीबार
पश्चिम बंगालको जलपाईगुडीमा एक्कासी बाढी आउँदा मूर्ति विसर्जन गर्न गएका ८ को मृत्यु , कयौँ बेपत्ता

पश्चिम बंगालको जलपाईगुडी जिल्लाको मालबजारमा बुधबार साँझ मूर्ति विसर्जनका क्रममा नदीमा आएको बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जलपाईगुडीका एसपी देवर्षि दत्तले धेरै मानिस नदीमा फसेको र धेरै मानिस बगेको जानकारी दिएका छन् । हालसम्म  आठ जनाको शव फेला परेको र एनडीआरएफ र सिभिल डिफेन्स टोली उद्धार कार्यमा संलग्न छन्। घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पीएम मोदीले ट्वीट गर्दै लेखेका छन्, ‘पश्चिम बंगालको जलपाईगुडीमा दुर्गा पूजाको पर्वमा भएको दुर्घटनाले मेरो मन दुखेको छ । म यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दछु।ू

सम्बन्धित समाचार