२०८३ बैशाख ५ गते , शनिबार

फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

sajilo news
एजेन्सी
२०७९ आश्विन २३ गते , आईतबार
फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

मुम्बई । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छिन् । कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिन लागेकी हुन् । 

नोराले फिफाको उद्घाटन र समापन समारोहमा आफ्नो प्रस्तुति दिनेछिन् । साथै उनले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नृत्य गर्ने पनि एजेन्सीहरूले उल्लेख गरेका छन् ।

यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिब्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसक्नु भएको छ । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप एसियाली राष्ट्र कतारले आयोजना गरेको हो । 

सम्बन्धित समाचार