‘मिस्टर एन्ड मिस प्रभिन्स नम्बर १’ को चौथो संस्करणको तयारी
स्काई क्रिएटर्स प्रलिले यो वर्ष पनि प्रदेश स्तरीय ‘मिस्टर एन्ड मिस प्रभिन्स नम्बर १’को चौथो संस्करण गर्ने भएको छ । पाँच वर्ष अघिदेखि निरन्तर सौन्दर्य प्रतियोगिता सञ्चालन गर्दै आएको स्काई क्रिएटर्स प्रलिले यो वर्ष पनि त्यसैलाई निरन्तरता दिएको हो । प्रतियोगितामा मिस्टर नेपाल २०१९ , मिस्टर सुप्रानेशनल २०२१ का सेकेन्ड रनरअप डा. सन्तोष उपाध्याय र मिस युनिभर्स नेपाल २०२२ कि टपटेन फाइनालिष्ट दीक्षा खातीले तालिमको सहजीकरण गर्ने छन् ।
प्रतियोगितामा सहभागीहरूलाई नेतृत्व विकास, व्यक्तित्व विकास, मोटिभेसन, मास फेसिङ, डाइनिङ एटिक्यूट, आरजे/भिजे, फिटनेस, सेल्फ डिफेन्स, रनवे र अरु विभिन्न विधामा गु्रमिङ गराइने स्काई क्रिएटर्स प्रलिका अध्यक्ष सन्दीप राजवंशीले जानकारी दिए ।
प्रशिक्षणमा प्रदेश भरका १५ वर्षदेखि २७ वर्षसम्मका करिब ३० जना सहभागी रहने र सो कार्यक्रमको कोरियोग्राफी मिस्टर एन्ड मिस ग्यालमर लुक इन्टरनेशनल नेपाल २०१९ कि विजेता स्मृति सुनुवारले गर्ने अध्यक्ष राजवंशीको भनाई छ ।
प्रतियोगितामा विजेताले मिस्टर एन्ड मिस सुप्रानेशनल नेपाल २०२३ र मिस्टर इन्टरनेशनल नेपाल मा टप २५ फाइनालिष्टमा डाइरेक्टर इन्ट्री पाउने बताइएको छ ।
मिस्टर एन्ड मिस सुप्रानेशनल नेपालका विजेताले मिस्टर एन्ड मिस सुपरनेशनल इन्टरनेशनलमा नेपालबाट प्रतिनिधित्व जनाउन सक्ने बताइएको छ ।