कार्तिक ४ देखि 'झापा महोत्सव–२०७९’
बिर्तामोड । झापामा सांगीतिक कार्यक्रम ‘झापा महोत्सव–२०७९’ हुने भएको छ । झापा फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल रंगशालामा यही कात्तिक ४ र ५ गते ‘झापा महोत्सव–२०७९’ हुने भएको हो । स्थानीयसँगै राष्ट्रिय स्तरका कलाकारले झापाबासीलाई भरपुर मनोरञ्जन दिने आयोजक झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
चाडवर्पका बेला झापाबासीलाई सांगीतिक कार्यक्रम रमाउने वातावरण बनाउनुका साथै सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन समेत महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।
दुई दिने सांगीतिक कार्यक्रममा कालीप्रसाद बाँस्कोटा, डोङ, एकदेव लिम्बू, अस्मिता अधिकारी, सुमन कार्की, अमर–अमृतसँगै स्थानीय कालाकारले समेत प्रस्तुति दिने छन् । दिउँसो २ बजेदेखि ४ बजेसम्म स्थानीय कलाकार र त्यस पछि राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवका सहकार्यकर्ता पेरिलिङ्कन सर्भिसका दीपेश घलेले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न ४० देखि ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । सांगीतिक कार्यक्रम हेर्न चाहनेका लागि दुई हजार रुपैयाँ दरको टिकट कायम गरिएको छ । जसबाट दुई दिन नै कार्यक्रम हेर्न सकिने छ ।
महोत्सवका मुख्य प्रायोजक हर्ना बियरले गरेको छ । अर्ना बियरका प्रदेश १ र २ का रिजनल हेड शंकर लुइँटेलले आफुनो उत्पादनको प्रबद्र्धनसँगै कलाकार र खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रायोजन गर्न लागिएको बताए । उनले सामाजिक उत्तरदायित्वसँगै आफ्नो उत्पादनको प्रबद्र्धन मुख्य उद्देश्य रहेको सुनाए ।