२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा गोलभेँडाका बिरुवा रोपियो

sajilo news
रेवतीराज घिमिरे
२०७९ आश्विन ३१ गते , सोमबार
भद्रपुरमा गोलभेँडाका बिरुवा रोपियो

भद्रपुर । भद्रपुर- ९ चन्द्रगढीस्थित डाँगीवारिमा आइपीएम  पाठशाला अन्तर्गत उत्पादन गरिएका गोलभेँडाका बिरुवाहरू एक कार्यक्रमका बिच रोपिएको छ  । 
एकता मूल कृषि समूहको आयोजनामा गत भदौ २० गते देखि सञ्चालन भएको १६ हप्ते आइपीएम पाठशाला अन्तर्गत उत्पादित बिरुवाहरूको सोही ठांउ निवासी ईश्वर पोखरेलको दुई कठा जमिनमा नगर प्रमुख गणेश पोखरेलले  रोपेर उद्घाटन गरेका थिए । गोलभेँडाका बिरुवा रोप्दै नगर प्रमुख पोखरेलले जैविक खेतीमा पाठशालाले महत्त्वपूर्ण सन्देश दिएको बताए ।

उनले नगरका सबै कृषकहरूले जैविक खेती गर्दै जानु पर्नेमा समेत जोड दिए । पाठशालाबाट बिरुवा उत्पादनमा आईपीएम प्रविधि,  परम्परागत खेतीको प्रविधि र डिक्पोज प्रविधि समेत ३ वटा प्रविधिबाट  उत्पादित १५ सय माथिका बिरुवा रोपिएको पाठशाला सञ्चालक समिति संयोजक ईश्वरप्रसाद पोखरेलले बताए । 
     भद्रपुर वडा ९ र वडा ८ का समेत ३६ जना कृषक सहभागी रहेको पाठशालाको प्रशिक्षण क्रमशः कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, बागवानी विकाश अधिकृत अङ्कित भट्टराई, बाली संरक्षण अधिकृत रामजुगन यादव,कृषि  प्राविधिक मन्दिरा श्रेष्ठ , कृषि प्रशासन अधिकृत चेतराज भण्डारी लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

सम्बन्धित समाचार