२०८३ बैशाख ५ गते , शनिबार

बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ को ट्रेलर सार्वजनिक

sajilo news
झापा
२०७९ कार्तिक १७ गते , विहीबार
बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ को ट्रेलर सार्वजनिक

विश्व सिनेमाको इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म अवतारको दोस्रो भाग ‘अवतार : द वे अफ वाटर’को ट्रेलर सार्वजनिक भएको छ। जेम्स क्यमरुनको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो।

सन् २००९ मा अवतार प्रदर्शनमा आएपछि नै अवतार २ को पर्खाइमा करोडौँ दर्शक थिए। पहिलो फिल्म प्रदर्शन भएको १३ वर्षपछि दोस्रो भाग प्रदर्शनमा आउन लागेको हो। फिल्मको ट्रेलरले विश्व सिनेमामा एउटा तरङ्ग नै ल्याएको छ। २५ करोड डलर बजेट रहेको फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ।​

क्यामरुनकै कम्पनी लाइटस्ट्रोम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा साम वर्थिङटन, जो साल्डाना, सिगोर्नी वेभर, स्टेफन लाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्म आउँदो डिसेम्बर १६ देखि विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

https://www.youtube.com/watch?v=d9MyW72ELq0&ab_channel=Avatar

सम्बन्धित समाचार