२०८३ बैशाख ५ गते , शनिबार

अमेरिकाको रियालिटी शो द-भ्वाइस : नेपालकी परिजिता टप १३ मा

sajilo news
झापा
२०७९ मंसीर १ गते , विहीबार
अमेरिकाको रियालिटी शो द-भ्वाइस : नेपालकी परिजिता टप १३ मा

अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसमा प्रतिस्पर्धा गरिरहेकी नेपाली चेली परिजिता बास्तोला टप १३ मा छनौट भएकी छिन । सोमबार साँझ लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ एगेन’लाई निकै हाउभाउसहित गाएर निर्णयकहरू तथा दर्शकको मनजित्न सफल भएकी छिन। उनले कति मत ल्याएर टप १३ मा पुगेकी सार्वजनिक नगरिए पनि सर्वाधिकमध्येको भोट भएको बताइएको छ । संसारभर उनका लागि मत माग्ने अभियान नेपाली र नेपालीभाषी समुदायले स्वतस्फूर्तरूपमा चलाएको थियो ।

उनको अर्को प्रतिस्पर्धा आउँदो सोमबार अमेरिकी पूर्वीय समयानुसार साँझ ८ बजे हुनेछ । हरेक प्रस्तुतिपछि दर्शकहरूको भोट पाएमात्रै अर्को चरणमा प्रवेश गर्ने भएकाले अमेरिका र संसारभर भएका नेपाली र नेपालीभाषी समुदायले परिजितालाई आगामी चरणहरूमा भोट गर्नुपर्ने भन्दै अभियान चलाएका छन् ।

उनले सुरुदेखि नै नेपाली पोशाकमा आफ्नो प्रस्तुति दिँदै आएकी छिन । परिजिताले सोमबार भाबुक गीत छनौट गरी अद्वितीय प्रस्तुति दिइन् । परिजिताको भाबुक गीतको प्रदर्शनले प्रशिक्षकबाट उत्तिकै प्रशंसा पाएको थियो ।

सोमबार सुरु भएको प्रत्यक्ष प्रसारण जोन लिजेण्डको टोलीले सुरुवात गरेको थियो । लिजेण्ड टोलीमा ओमार जोस कार्डोना, किम क्रुज, साशा हुर्टाडो सबैले आफ्नो शक्तिशाली प्रदर्शन गर्नुभयो र प्रशंसा बटुलिन। तर, पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको ‘आई विल नेवर लभ अगेन’को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकबाट पहिलो ‘स्ट्याण्डिङ ओभेशन’ पाएकी थिइन् । 

सम्बन्धित समाचार