२०८३ बैशाख ५ गते , शनिबार
बिहे बन्धनमा बाँधिदै अभिनेत्री तमन्ना भाटिया
मुम्बई । आफ्नो विवाहको खबरले बलिउड अभिनेत्री तमन्ना भाटिया यतिबेला चर्चामा छिन । ‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ । बेहुलाको नाम भने गोप्य राखिएको छ ।
आफ्नो करियरमै धेरै हिट चलचित्र दिएकी छिन, जसमध्ये एउटा ब्लकबस्टर चलचित्र बाहुबली हो । तमन्ना बलिउडकी सुन्दर नायिकामा गन्निछिन् । उनलाई बलिउडमा ‘टैमी और मिल्क ब्यूटी’ उपनामले पनि चिनिन्छ ।
तमन्ना सुन्दरता, अभिनयसँगै एक्सन र कमेडी सबै कुरामा भरिपूर्ण अभिनेत्री हुन । उनको सुन्दरतामा विश्वभरका लाखौं युवाहरू मोहित छन् ।
तमन्ना बेलाबेला सामाजिक सञ्जाल र विश्वभरका मिडियामा चर्चामा आउने गरेकी छिन । तमन्नाले आफ्नो करिअरको सुरुवात सन् २००५ मा १५ वर्षको उमेरमा चलचित्र ‘चाँद सा रोशन चेहरा’बाट गरेकी थिइन्।