२०८३ बैशाख १२ गते , शनिबार

बिहारमा ट्रकले सडक किनार बसेकालाई किच्दा बालबालिकासहित ८ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ मंसीर ५ गते , सोमबार
बिहारमा ट्रकले सडक किनार बसेकालाई किच्दा बालबालिकासहित ८ जनाको मृत्यु

बिहारको वैशाली जिल्लाको मेहनार क्षेत्रमा ट्रकको ठक्करबाट कम्तीमा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरहरू अनुसार मेहनार–हाजीपुर मार्गमा उक्त घटना भएको हो ।

सडक किनारमा हिँडिरहेका मानिसहरूलाई ट्रकले ठक्कर दिँदा ८ जना बालबालिकाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

आइतबार राति ९ बजेको समयमा नयाँगाउँ टोलमा मानिसहरू सडक किनारमा पूजाआजा गरिरहेको समयमा तीव्र गतिमा आएको ट्रकले उनीहरूलाई ठक्कर दिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार