२०८३ जेष्ठ २७ गते , बुधबार
झापा ४ (१) मा एमालेका खनाल प्रदेशसभा सदस्यमा विजयी
झापा । प्रदेश १ का पूर्व कृषि मन्त्री झलकबहादुर मगर दर्लामीलाई पराजित गर्दै नेकपा एमालेका राधाकृष्ण खनाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । झापा क्षेत्र नम्बर ४ (१) बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका दर्लामीलाई एमालेसँग चुनावी तालमेल गरेका एमालेका खनालले एक हजार ५८० मतान्तरले पराजित गरेका हुन् ।
खनालले १३ हजार ९५१ मत पाउँदा दर्लामीले १२ हजार ३७१ मत पाएका छन् । त्यस्तै हाम्रो नेपाल पार्टीका होमप्रसाद गौतमले १३४६ मत ल्याई तेस्रो स्थान ओगटेका छन् । कूल ३३ हजार २५६ मत खसेकोमा १६०७ मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।