२०८३ जेष्ठ २७ गते , बुधबार

समानुपातिकमा एमालेले कटायो १० लाख मत, स्वतन्त्र पार्टीको ४ लाख ८९ हजार

sajilo news
झापा
२०७९ मंसीर ९ गते , शुक्रबार
समानुपातिकमा एमालेले कटायो १० लाख मत, स्वतन्त्र पार्टीको ४ लाख ८९ हजार

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले १० लाख मत कटाएको छ। शुक्रबार बिहान १०:१५ बजेसम्मको मतगणना अनुसार एमालेले १० लाख १९ हजार ४५ मत ल्याएको हो। त्यसपश्चात क्रमशः कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, राप्रपाले मत पाएका छन्। 
नेपाली कांग्रेस ९ लाख ६८ हजार ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ८९ हजार ९९७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ४ लाख ४६ हजार १४३, राष्ट्रिय प्रजातन्त्र पार्टी २ लाख ६० हजार ९६४, जसपाले १ लाख २८ हजार ७३० मत पाएका छन्। 
यसैगरी जनमत पार्टीले ७७ हजार ३०५, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले ७२ हजार २३, नागरिक उन्मुक्ति पार्टी ७० हजार ३२५, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ५७२ मत ल्याएका छन्। देशभर समानुपातिकतर्फको मत गणना जारी रहेको छ।

सम्बन्धित समाचार