२०८३ जेष्ठ २७ गते , बुधबार

झापा ४ (२) मा राप्रपाका सिटौला प्रदेशसभा सदस्यमा निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ९ गते , शुक्रबार
झापा ४ (२) मा राप्रपाका सिटौला प्रदेशसभा सदस्यमा निर्वाचित

झापा । राप्रपाका केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । योसँगै जिल्लामा राप्रपाका तीनै उम्मेदवार निर्वाचित हुन सफल भएका छन् ।  झापा क्षेत्र नम्बर ४ (२) बाट उम्मेदवार बनेका सिटौलाले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९७४ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

सिटौलाले १९ हजार ४५ मत ल्याएकोमा उप्रेतीले १५ हजार ७१ मत पाएका छन् । सिटौला नेकपा एमालेका र उप्रेती सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका थिए । हाम्रो पार्टी नेपालका केशव बजगाईँले ४ हजार १४२ मत ल्याएर तेस्रो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका स्वामीप्रसाद लिम्बुले ४ हजार १४२ मत ल्याएर चौथो भएका छन् । 

सम्बन्धित समाचार