'घण्टी'बारे ओलीको टिप्पणी : अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न यता लिएर आए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन्।
च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे।
अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न जस्तै यता पनि लिएर आएका छन्। अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुप्प फुल्यो।त्यतातिर पनि केही होला। त्यतातिर नजाऔं।’
अमेरिकी फ्रिडम पार्टीको चुनाव चिह्न पनि घण्टी रहेको पाइएको छ। रास्वपा र अमेरिकन फ्रिडम पार्टीको लागो समेत उस्तै उस्तै रहेको पाइएको छ। उनले निर्वाचनमा सरकारले धाँधली गरेको समेत बताए।
सर्वसाधारणमाथि धडपकड र गोली प्रहार गर्ने कार्य गरेर गठबन्धन सरकारले निर्वाचन पक्षपातपूर्ण बनाएको बताए। उनले थापाथलीस्थित सुकुमवासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेका छन्। थाहाखबरबाट