२०८३ बैशाख १० गते , विहीबार

साँठगाँठमा १० प्रतिशत बिलिङ गुमाउँदै नेपाल टेलिकम

sajilo news
पत्रपत्रिका
२०७९ मंसीर २० गते , मंगलबार
साँठगाँठमा १० प्रतिशत बिलिङ गुमाउँदै नेपाल टेलिकम

झापा । नेपाल टेलिकमको कलसँगै सिस्टमले अटोमेटिक बिल बनाउँछ। तर, धेरैलाई थाहा नहुन सक्छ– यो कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) मा १० प्रतिशतसम्म बिलिङ लस हुन्छ। अर्थात्, टेलिकमको कलबाट हुने दैनिक सरदर ९ करोडको कारोबारमा १० प्रतिशत (९० लाख रुपैयाँ)बिल बनाउन छुटाएर खेर जान्छ। घाटा लाग्छ। 
के सबै दूरसञ्चार प्रदायकको यही बाध्यता हो रु ‘होइन,’ टेलिकमका एक उच्च अधिकारी भन्छन्, ‘साँठगाँठमा अत्यन्त कमसल बिलिङ सिस्टम जडान गरिएकाले टेलिकमले ठूलो नोक्सानी बेहोरी रहनुपरेको हो।’ 

तर, यो रिपोर्टिङ त्यो निरन्तर घाटाभन्दा नियतपूर्वकको ठूलो नोक्सानीमा केन्द्रित छ। किनभने, यसअघि जोडिएको उक्त सीआरटीबीको आयु सकिइसकेको छ। यही अवसरमा शतप्रतिशत बिलिङ गर्न सक्ने प्रणाली जोड्नुपर्नेमा टेलिकम व्यवस्थापन भने पुरानैलाई ‘अप्रगेड’ गर्न दिलोज्यानले लागि परेको छ। त्यो पनि नयाँ फेर्न पुग्नेबराबर खर्च गरेर। 

नयाँको भाउमा ‘अपग्रेड’ 
हाल प्रयोगमा रहेको बिलिङ सिस्टममा एसियन इन्फो कम्पनीको हार्डवेयर छ। सफ्टवेयर भने ओर्‍याकल कम्पनीको छ। एसियन इन्फो चाइनिज कम्पनी हो। यसको नेपाली एजेन्ट ‘अरनिको’ हो। ओर्‍याकलको नेपाली एजेन्ट वल्र्ड डिस्ट्रिब्युसन नेपाल (डब्ल्यूडीएन) प्रालि हो। यसका सञ्चालक अरुण श्रेष्ठ हुन्। 

टेलिकम उच्च स्रोतका अनुुसार राजनीतिक नेतृत्व समेतको मिलोमतोमा प्रबन्ध निर्देशक सुनील पौडेलले विद्यमान बिलिङ प्रणालीमा अद्यावधिक गर्न चलखेल गरेका हुन्। यसलाई अपग्रेड गर्दा हार्डवेयर थप्दै जानुपर्छ। तर, त्यसले एसियन इन्फोबाहेक अरू कम्पनीको हार्डवेयर सपोर्ट गर्दैैन। फलतः जति मूल्य भन्यो, त्यसमै लिन बाध्य हुनुपर्छ। 

त्यसरी सेटिङमा अपग्रेड गर्न टेलिकमले करिब ३ अर्ब खर्च गर्ने तयारी गरेको स्रोतले बतायो। जब कि करिब साढे ३ अर्बमा नयाँ सिस्टम खरिद गर्न सकिन्छ। ‘विश्वका उत्कृष्ट कम्पनीमध्येबाट नयाँ किन्दा साढे ३ अर्ब लाग्ने इस्टिमेटेड मूल्य निकालिएको छ। त्यसमा बिलिङ लस १ प्रतिशत हाराहारी मात्र हुन्छ’, टेलिकमका एक उच्च अधिकारीले भने, ‘विद्यमान सिस्टम विश्वका उत्कृष्ट कम्पनीको र्‍याङकिङमा पनि पर्दैन। लस पनि ठूलो मात्रामा गराउँछ। त्यसैमा मरिहत्ते किन हो रु’ 

उत्कृष्ट कम्पनीबाट खरिद गर्दा हार्डवेयरमा एउटै कम्पनीसँगको निर्भरतासमेत अन्त्य हुनेछ। यसले टेलिकमलाई ठूलो आर्थिक राहत हुने स्थिति पनि छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

सम्बन्धित समाचार