२०८३ बैशाख ३ गते , विहीबार

धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै बिर्तामोडको खाद्य व्यवस्थाको कार्यालयमा तालाबन्दी

sajilo news
झापा
२०७९ मंसीर २५ गते , आईतबार
धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै बिर्तामोडको खाद्य व्यवस्थाको कार्यालयमा तालाबन्दी

सरकारले तोकेको धानको समर्थन मुल्य कार्यान्वयनको माग गर्दै किसानले बिर्तामोडस्थित खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गरेका छन् । प्रहरीको हस्तक्षेपका बिच किसानहरूले तालाबन्दी गरेका हुन् ।

सरकारले तोकेको मूल्यमा धान खरिद नभइरहेको भन्दै उनीहरूले तत्काल समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने माग गरेका हुन् । अखिल नेपाल किसान महासंघ झापा र नेपाल किसान महासङ्घले संयुक्त रुपका तालाबन्दी गरेको छन् ।

अखिल नेपाल किसान महासंघका राष्ट्रिय समिति उपाध्यक्ष वेणु सिवाकोटीले व्यापारीले मनपरी मूल्यमा किसानबाट धान खरिद गरिरहेको जानकारी दिए । किसानको दबाबका कारण सरकारले मुल्य निर्धारण गरेको छ, सिवाकोटीले भने – अहिले खाद्यले धान खरिद गरेको छैन, व्यापारीले तोकिएको मुल्य दिइरहेका छैनन् ।

सरकारले मोटा धान प्रति मन ११८६ र मध्यम धान १२५१ रुपैयाँ तोकेको छ । व्यापारीहरूले आफूखुसी ९ सय देखि १ हजारसम्म प्रतिमनमा धान खरिद गरिरहेका छन् । जिल्लाभरबाट प्रतिनिधिमूलक सहभागी भएका किसानलाई प्रहरीले तालाबन्दी गर्न रोकेको थियो ।

सम्बन्धित समाचार