२०८३ बैशाख ५ गते , शनिबार

कमलमा प्याब्सनको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता

sajilo news
झापा
२०७९ पौष १ गते , शुक्रबार
कमलमा प्याब्सनको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमल गाउँपालिकाको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता शुक्रवारबाट सञ्चालन भएको छ ।

दुई दिने उक्त प्रतियोगिता भोलिसम्म सञ्चालन हुने छ । कमल- ५ पाडाजुङ्गी स्थित स्टार इङ्लिस स्कुलमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १५ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् । सहभागी विद्यार्थीले आज पहिलो दिन राष्ट्रिय र मोर्डन गीतमा आफ्नो नृत्य प्रस्तुत गरेको आयोजक प्याब्सन कमलका अध्यक्ष बद्री साम्पाङ राईले जानकारी दिए ।

आज भएको नृत्य प्रतियोगिताको राष्ट्रिय नृत्यतर्फ निहारिका इङ्लिस स्कुल प्रथम भएको छ । प्रतियोगितामा फोनिक्स इङ्लिस स्कुल दोस्रो र स्टार इङ्लिस स्कुल तेस्रो भएको छ ।  त्यसै मोर्डन नृत्य तर्फ हिमाली इङ्लिस स्कुल प्रथम स्टार इङ्लिस स्कुल र निहारिका इङ्लिस स्कुल दोस्रो तथा लालिमा इङ्लिस स्कुल तेस्रो भए । 

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष गौरीमान फागोले पढाइसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्न प्याब्सन झापा सधैँ लागि परेको बताए । साथै उनले प्याब्सन झापा मातहतमा रहेका पन्ध्र वटै पालिका स्तरीय प्याब्सनले पनि उल्लेख्य कार्य गर्दै आएको बताए । कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, जिल्ला सचिव हरिकृष्ण पाठक लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष तथा  सांस्कृतिक कार्यक्रम संयोजक छत्र कार्की, जिल्ला सहसचिव लक्ष्मीप्रसाद उप्रेती, जिल्ला सह कोषाध्यक्ष हरि फुयाँल, जिल्ला सदस्यहरू युवराज बराल, त्रिलोचन गौतम र युवराज सिवाकोटी लगायतका पदाधिकारी एवम् प्रतिनिधि, विभिन्न पालिकाका अन्तर्गत झापा अध्यक्ष नवराज सुवेदी, बुद्धशान्ति अध्यक्ष गंगा निरौला, गौरादह अध्यक्ष गंगा दुलाल, गौरीगञ्ज अध्यक्ष श्याम राजवंशी प्याब्सन अध्यक्ष तथा प्रतिनिधि, प्रिन्सिपल, सञ्चालकको आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत पालिका सांस्कृतिक कार्यक्रम संयोजक विजयसिंह थापाले गरेका थिए भने सञ्चालन पालिका सचिव दीपक सङ्ग्रौलाले गरेका थिए । प्याब्सनको सांस्कृतिक कार्यक्रम शनिवार समापन हुँदैछ ।  

सम्बन्धित समाचार