२०८३ बैशाख २४ गते , विहीबार

आज 'क्रिसमस डे', क्रिश्चियन धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै

sajilo news
झापा
२०७९ पौष ९ गते , शनिबार
आज 'क्रिसमस डे', क्रिश्चियन धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै

प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस)को उपलक्ष्यमा नेपालसहित विश्वभर आज ख्रीस्टमस दिवस मनाइँदैछ। ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन्।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको थियो । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ। हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको जनाइएको छ । 

हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसको अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा  प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ। साथै ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ।

आज संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ। क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्। सरकारले आज आइतबार देशभर सार्वजनिक बिदा दिने समेत दिएको छ । 

सम्बन्धित समाचार