२०८३ बैशाख ५ गते , शनिबार
हल्दिबारीमा हात्तीले भत्कायो विद्यालयको पर्खाल
हल्दिबारी । निरन्तर दुःख दिइरहेको जंगली हात्तीले झापाको हल्दिबारी गाउँपालिका ३ स्थित पञ्चायत माध्यमिक विद्यालयमा क्षति पुर्याएको छ । बिहान अन्दाजी २–३ बजेतिर आएका तीन वटा जंगली हात्तीले विद्यालयको दक्षिणपट्टिको गेटको पर्खाल भत्काएको स्थानीय अभिषेक खतिवडाले जानकारी दिए ।
हात्तीले पुर्याएको क्षतिको विषयमा विद्यालयका शिक्षक डिल्लीराम ढुङ्गेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए। त्यसपछि वडाका जनप्रतिनिधिहरूले अनुगमन गरेको खतिवडाले बताए । अनुगमनमा वडा नं. ३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, वडा सदस्यहरू अजित विष्ट र कर्ण भण्डारी गएका थिए । झन्डै २० हजार बराबरको क्षति पुगेको स्थानीयहरूको अनुमान छ ।