२०८३ जेष्ठ १ गते , शुक्रबार
कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । थापाले १८ मत ल्याएर निर्वाचित भएका हुन् । कुल २९ जना मतदाता रहेकोमा
उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत र अर्का उम्मेदवार अमृत अर्यालले २ मत ल्याएका छन् । झापा बिर्तामोड घर भएका थापा काँग्रेस प्रदेश १ का सभापति पनि हुन् । उनी कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् ।