२०८३ बैशाख २४ गते , विहीबार

बैङ्किङ कसुर मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

sajilo news
झापा
२०७९ पौष २६ गते , मंगलबार
बैङ्किङ कसुर मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

बैङ्किङ कसुर र चेक अनादर मुद्दाका एक फरार महिला प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका- ९ निवासी ४४ वर्षीया सिताकुमारी भेटवाल पोखरेल रहेकी छिन् ।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले २०७९ असार १ गते गरेको सजाय निर्धारण फैसला आदेशले बमोजिम पोखरेललाई ५ लाख रुपैयाँ जरिवाना र चेक अनादर मुद्दामा सुनसरी जिल्ला अदालत इनरुवाले २०७९्र जेठ २७ गतेको सजाय निर्धारण फैसला आदेशले ३ महिना कैद, ३ हजार रुपैयाँ जरिवाना तोकेका थिए ।

फरार रहेकी पोखरेललाई गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समूहको प्रहरी टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागि झुम्का कारागार पठाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार