२०८३ बैशाख ५ गते , शनिबार

श्रीकृष्ण लुइँटेलको ‘काका हरायो’ सार्वजनिक

sajilo news
झापा
२०७९ पौष २८ गते , विहीबार
श्रीकृष्ण लुइँटेलको ‘काका हरायो’ सार्वजनिक

झापा । हाँस्य व्यंग्यात्मक गीतसंगीत सिर्जना गरेर बोके दारीको पहिचान बनाएका श्रीकृष्ण लुइँटेलको नयाँ गीत ‘काका हरायो’ सार्वजनिक भएको छ । आफ्नै संगीतमा लुइँटेलले ‘काका हरायो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

उनले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो श्रोतारदर्शकमाझ ल्याएको हो। लुइँटेलसँगै गीतमा मनिषा पोखरेलको पनि स्वर रहेको छ । यो गीतको रचनाकार अच्युत अधिकारी (ब्याए भुटान) हुन्।

बालबालिकाका पहिलो गुरु आफ्नै आमा-बुबा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावकमार्फत हुने सन्देश दिनका लागि यो गीतको भिडियोको परिकल्पना गरिएको लुइँटेलले जानकारी गराए।

लुइँटेलका यसअघि ‘ए बाउ किन्देउ न भट्भटे’, ‘बोकेदारी’ लगायत थुप्रै गीतले उनलाई हाँस्य व्यंग्य गायकका रूपमा स्थापित गरेको छ ।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=Qby1y8Y9AYE&ab_channel=ShreeKrishnaLuitel

सम्बन्धित समाचार