२०८३ बैशाख २४ गते , विहीबार

कचनकवलको कुट्टीमा आज भाक्का कार्यक्रम

sajilo news
झापा
२०७९ पौष ३० गते , शनिबार
कचनकवलको कुट्टीमा आज भाक्का कार्यक्रम

कचनकवल । भाक्का दिवसको अवसर पारेर आज झापाको कचनकवल १ घेरावारिको कुट्टीमा बृहत् साङ्गीतिक एवं भाक्का कार्यक्रम हुने भएको छ ।

राजवंशी समाज विकास समिति कचनकवल- १ घेरावारिको आयोजना तथा राजवंशी युवा तथा महिला सदस्य कचनकवल- १ घेरावारिको सह आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा भाक्का खाने कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय राजवंशी कलाकारहरूको प्रस्तुति रहने छ । आयोजकका अनुसार बलराम राजवंशी , यमलाल राजवंशी ,मनोरथ राजवंशी , लोकप्रसाद राजवंशी , उर्मिला राजवंशी , मञ्जु राजवंशी , रिता राजवंशीलगायतका कलाकारहरूको प्रस्तुति रहने छ ।

पूर्वी नेपालमा रहेका राजवंशीलगायतका जातिले जातीय परिकार भाक्काको संरक्षण र प्रवर्द्धनका लागि केही वर्षदेखि पुस २९ लाई भाक्का दिवस मनाउन थालेका छन् ।

सम्बन्धित समाचार