२०८३ बैशाख १२ गते , शनिबार

कोरियामा भीषण आगलागी, ९ सय दमकल र सात हेलकोप्टर परिचालन

sajilo news
एजेन्सी
२०७९ माघ ६ गते , शुक्रबार
कोरियामा भीषण आगलागी, ९ सय दमकल र सात हेलकोप्टर परिचालन

दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ। शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा घर जलेर नस्ट भएको अधिकारीहरूले जनाएका छन्। 

मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ।  आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको छैन। 

उक्त बस्तीमा अधिकांश घर काठले बनेका छन्। कोरियन टाम्सका अनुसार उक्त बस्तीमा पछिल्लो १३ वर्षमा १६ पटक आगलागी भइसकेको छ। 

सम्बन्धित समाचार