२०८३ बैशाख ५ गते , शनिबार

इस्टु झापाको अध्यक्षमा खतिवडा र बराल

sajilo news
झापा
२०७९ माघ ७ गते , शनिबार
इस्टु झापाको अध्यक्षमा खतिवडा र बराल

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको पाँचौँ अधिवेशनबाट होमराज खतिवडा र राजु बराल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

चार वर्षे कार्यकालका लागि गठित समितिको पहिलो दुई वर्ष खतिवडाको नेतृत्व रहने छ भने पछिल्लो दुई वर्ष बराल अध्यक्ष रहने गरी समिति गठन भएको हो । यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा युवराज दाहाल महिला उपाध्यक्षमा रमा ढुङ्गाना, उपाध्यक्षहरूमा क्रमशः घनश्याम अर्याल, टङ्क अधिकारी, विकास अधिकारी र लक्ष्मीशरण अधिकारी निर्विरोध चयन भएका हुन् । यस्तै सचिव द्रोण अधिकारी, रेवत खनाल र पदम गजुरेल, सहसचिवमा क्रमशः दीपक खड्का, सञ्जीव कार्की, दीपेन्द्र यादव र चन्द्रमणि खरेल, कोषाध्यक्षमा लक्ष्मी सुवेदी र सह कोषाध्यक्षमा विदुर ढुङ्गाना चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा क्रमशः टङ्क न्यौपाने, निर्मला दुलाल, सरूँ कार्की, कमल न्यौपाने, शर्मिला प्रसाईँ, भानुप्रताप राजवंशी, मनिषा चेम्जोङ्ग, मुना कार्की, महेन्द्र सेढाई, किशोर गौतम, घनश्याम दाहाल, शिवनारायण बजगाईँ रहेका छन् । होमराज खतिवडाको अध्यक्षता तथा इस्टुका केन्द्रीय उपमहासचिव मनोज खनालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा केन्द्रीय सचिव यादवप्रसाद अधिकारी तथा पूर्व केन्द्रीय सदस्य बालकृष्ण दाहालको टोलीले अधिवेशनको संयोजन गरेको थियो ।

सम्बन्धित समाचार