२०८३ बैशाख ५ गते , शनिबार
केपी ओलीद्वारा राजेश हमाललाई महानायकको सम्मान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिवार भक्तपुरमा आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् ।
अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले सम्मान पत्र प्रदान गरे । कार्यक्रममा ओली पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्का, अभिनेत्रीहरू वसुन्धरा भुसाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागी थिए । नेपाली फिल्म क्षेत्रमा अभिनेता हमाललाई कतिपयले ‘महानायक’ पनि भनेर सम्बोधन गर्ने गर्छन् ।