२०८३ बैशाख १२ गते , शनिबार

भारत तमिलनाडुको मन्दिरमा क्रेन खस्दा ४ जनाको मृत्यु, ६ घाइते

sajilo news
एजेन्सी
२०७९ माघ १० गते , मंगलबार
भारत तमिलनाडुको मन्दिरमा क्रेन खस्दा ४ जनाको मृत्यु, ६ घाइते

नयाँ दिल्ली । दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।  तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा सो दर्घटना भएको हो । दुर्घटना हुँदा आठ जना भक्तजनहरु माला लिन क्रेनमा सवार रहेको बुझिएको छ ।

'हिजो राती द्रौपति मन्दिरमा भक्तहरूबाट मूर्ति बोक्न र फूलको माला लिनको लागि तयार पारिएको क्रेन अचानक  दुर्घटना  भएको  थियो।  सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र थुप्रै भक्तजन घाइते भएका थिएु, प्रहरी अधिकारीले बताएका छन् । घाईते मध्ये थप एक जनाको सोमबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र  मृतकको संख्या चार पुगेको  हो । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब एक हजार  पाँच सय मानिस उपस्थित थिए। 

सम्बन्धित समाचार