२०८३ बैशाख ५ गते , शनिबार

सिक्किमकी जेतशिनले जितिन् सारेगामापा लिटिल च्याम्पस सिजन-९ को उपाधि

sajilo news
एजेन्सी
२०७९ माघ १० गते , मंगलबार
सिक्किमकी जेतशिनले जितिन् सारेगामापा लिटिल च्याम्पस सिजन-९ को उपाधि

भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् । आइतबार साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता बनेकी हुन् ।लामासँग हर्ष सिकन्दर फर्स्ट रनर अप र न्यानेश्वरी घाडगे सेकेण्ड रनरअप भइन् । पछिल्लो ३ महिनादेखि जारी सारेगमप भारतको चर्चित टेलिभिजन रियालिटी शो मध्‍येको एक हो।

सम्बन्धित समाचार