२०८३ बैशाख ५ गते , शनिबार

जन्मदिनको अवसरमा मेमोरी किङ्ग शर्माले दिए अरनिको माविलाई ५१ हजार

sajilo news
झापा
२०७९ माघ २३ गते , सोमबार
जन्मदिनको अवसरमा मेमोरी किङ्ग शर्माले दिए अरनिको माविलाई ५१ हजार

भद्रपुर । मेमोरी किङ्ग अर्पण शर्माले भद्रपुरका एक सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी शर्माले आफ्नो जन्मदिनको अवसरमा भद्रपुर– ३ स्थित अरनिको माविलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । 
मेमोरी किङ्ग शर्माले सोमबार विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सो रकम विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेललाई हस्तान्तरण गरेका थिए ।  
शर्माले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० का छात्रछात्रालाई पोसाक तथा ब्याग वितरणका लागि सो रकम प्रदान गरिएको विद्यालयका प्रअ खरेलले जानकारी दिए । 
साथै मेमोरी किङ्ग शर्माले विद्यालयका छात्रछात्रालाई करिब ३ घण्टा स्मरण शक्ति अभिवृद्धि तालिम दिएका थिए । 
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले  मेमोरी किङ्ग शर्मालाई जन्मदिनको शुभकामना दिँदै दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ खरेल, शिक्षक जीवन गुरागाईँ लगायतले शर्मालाई जन्मदिनको शुभकामनासहित शैक्षिक रूपान्तरणमा आधुनिक शैक्षिक विधि र पद्धतिको स्थापित मान्यतामा शर्माले पु¥याएको योगदानको कदर गर्दै उनलाई मायाको चिनो प्रदान गरेका थिए । 
स्वागत मन्तव्य सहायक प्रअ वेद प्रसाद घिमिरे राखेको कार्यक्रमको सञ्चालन  शिक्षक शान्तिबहादुर बस्नेत गरेका थिए । सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकहरूको पनि सहभागिता रहेको थियो । 


 

सम्बन्धित समाचार