२०८३ बैशाख ५ गते , शनिबार
आजदेखि ‘आँधी तूफान २’ र ‘मनसँग मन’ प्रदर्शनमा
आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्रमा प्रदर्शनमा आउका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा ‘आँधी तूफान २’ र ‘मनसँग मन’ प्रदर्शनमा आएका हुन् । ‘मनसँग मन’लाई कैलाश राईले निर्देशन गरेको हो भने ‘आँधी तूफान २’लाई मदन घिमिरेले निर्देशन गरेको हो ।
प्रेमकथानक चलचित्र ‘मनसँग मन’मा पुष्प खड्का र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहेका छन् । अरुण तामाङ निर्माता रहेको यस चलचित्रको गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।
यस्तै, एक्सन जनरामा निर्माण भएको चलत्रिच ‘आँधी तूफान २’मा रवि गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुष्कर राउत, सोनी बिसी, यांशु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्कीलगायतको अभिनय छ । यो चलचित्र मौनता श्रेष्ठको लेखन एवं निर्माणमा बनेको होे ।