२०८३ बैशाख २६ गते , शनिबार

एमाले अध्यक्ष ओली आज झापा आउँदै

sajilo news
झापा
२०७९ माघ २९ गते , आईतबार
एमाले अध्यक्ष ओली आज झापा आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्।  झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा आउन लागेका हुन्। ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिए। 

अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने र भोलि शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। ओली भोलि काठमाडौं फर्किने कार्यक्रम रहेको छ। 

सम्बन्धित समाचार