‘श्रीमद्भागवत महापुराण’ नेपाली अनुवाद पुस्तक विमोचन
लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमद्भागवत महापुराण ’ नेपालीमा अनुवाद गरिएको पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तकको आज सोमबार एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका हुन् ।
शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातिहरूले आयोजना गरेको सांस्कृतिक महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चा सँगै महत्त्वका बारेमा दर्साएका थिए ।
संस्कृत भाषामा उल्लेखित श्रीमद्भागवत महापुराणलाई नेपालमै पहिलो पटक जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरेर ‘सचित्र भाषा टीकामा ’ प्रकाशन गरेको लेखक चन्द्रप्रसाद घिमिरेले जानकारी दिए । संस्कृत भाषा सबैले नबुझ्ने भएको , संस्कृत भाषा पढे पनि धेरैले त्यसको अर्थ नबुझे भएको र भावी पुस्ताको संस्कृत भाषाप्रति रुचि घट्दै गएको सन्दर्भमा लोप हुन लागेको भन्दै यसको महत्त्व र अर्थ बुझाउन पनि नेपालीमा पहिलो पटक स्लोकद्धरा लेखिएको श्रीमद्भागवत महापुराण तयार गरिएको घिमिरेले बताए ।
हिन्दु समाजकालागि एकदमै आवश्यक धार्मिक पूरणहरू मध्येको श्रीमद्भागवत महापुराण शिरोमणि भएका कारण पनि नेपालीमा श्लोक बनाएर लेखेको घिमिरेको भनाई छ । लेखक घिमिरेका अनुसार १४५० पृष्ठ लामो पुस्तक लेख्नका लागि झन्डै ३ वर्ष समय लागेको थियो । पुस्तकको बजार मुल्य १ हजार ५ सय १५ रुपैंया रहेको पनि उनले बताए ।
कार्यक्रममा पुस्तक तथा लेखकको बारेमा संक्षिप्त जानकारी पण्डित प्रकाश चन्द्र रिजालले गराएका थिए । लेखक घिमिरेको श्रीमती पुण्यकुमारीको केही वर्ष अघि मृत्यु भइसकेको छ भने उनका दुई छोराहरू राजकुमार घिमिरे(राजु) राम अवतार घिमिरे लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।