२०८३ बैशाख २६ गते , शनिबार

बागमती सभ्यता जोगाउने कार्यमा नयाँ आयाम थपियो : उपप्रधानमन्त्री  लिङ्देन

sajilo news
झापा
२०७९ फाल्गुन ४ गते , विहीबार
बागमती सभ्यता जोगाउने कार्यमा नयाँ आयाम थपियो : उपप्रधानमन्त्री  लिङ्देन

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले बागमती सभ्यता जोगाउने कार्यमा नयाँ आयाम थपिएको बताएका छन् । धाप ड्यामको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री लिङ्देनले बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरेका छन् । 

उनले धाप ड्याम जस्तै अर्को बागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिँदै आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुने बताए। जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरू पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा बहु आयामिक महत्त्वको कार्य प्रारम्भ गरिनु सुखद भएको बताए ।

शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए । परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्‍याउन निर्देशन दिए । धाप ड्यामको निर्माणबाट राजधानीबाट नजिकै नयाँ पर्यटकीय गन्तव्य थपिएको मन्त्री पाण्डेले उल्लेख गरे ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एसियाली विकास बैङ्कको ८९ करोड सहयोगमा  धाप ड्यामको निर्माण भएको हो । सुख्खा यामको समयमा समेत बागमतीमा जल प्रवाह वृद्धि गराउने उद्देश्यले काठमाडौँको सुन्दरीजलबाट १८ किमी टाढा चौबिस उचाइमा एक सय पचहत्तर मिटर लम्बाइ रहेको उक्त ड्याम सुख्खा र मुख्य चाडपर्वको समयमा चार सय प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने जनाइएको छ ।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता आयोजनाका अध्यक्ष उद्धव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ ३ का सांसद सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख,  दीपक कुमार रसिाल ,सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आर्नोड लगायतले ड्याम निर्माण, यसका चुनौती र अवसरका विविध पक्षबारे धारणा राखेका थिए । 

 

सम्बन्धित समाचार