प्रथम स्काउट दीक्षान्त समारोह सम्पन्न
कनकाई । झापाको कनकाई नगरपालिका- ८ स्थित लक्ष्मीपुरको माउन्ट अन्नपूर्ण एजुकेसन फाउन्डेसनले प्रथम स्काउट दीक्षान्त समारोह सम्पन्न गरेको छ । स्काउट दीक्षान्त समारोहको उद्घाटन नेपाल स्काउटका सहायक राष्ट्रिय परीक्षक राजीव खत्रीले गरेका थिए ।
बुधवार विश्व स्काउट दिवसको अवसर पारेर विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै प्रथम स्काउट दीक्षान्त समारोहमा विद्यालयका ३२ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल स्काउटका सहायक राष्ट्रिय परीक्षक खत्रीले घर र शिक्षालाई जोड्ने काम स्काउटले गर्ने गरेको बताएका छन् । उनले स्काउटले मानिसलाई अनुशासनमा बाँध्नुका साथै मानवता, असल शिक्षा र संस्कार सिकाउने गरिरहेको छ ।
कार्यक्रममा विद्यार्थीले स्काउट गीत गाउनुका साथै नृत्यसमेत प्रस्तुत गरेका कार्यक्रममा प्रमुख अतिथि खत्री, विद्यालयका फाउन्डर प्रशान्त न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रिन्सिपल अजय भण्डारीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका दिमन्ता मिश्र र सञ्चालन विद्यालयकी शिक्षिका रचना अधिकारीले गरेकी थिइन् ।