२०८३ बैशाख २६ गते , शनिबार

एमालेले गर्‍यो केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईंलाई बर्खास्त

sajilo news
झापा
२०७९ फाल्गुन १३ गते , शनिबार
एमालेले गर्‍यो केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईंलाई बर्खास्त

नेकपा (एमाले) ले केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईंलाई कारबाही गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालयको बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न रहेकाले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले जानकारी दिए। 
प्रसाईंले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर कार्यक्रम सुरुवात गरेका थिए। प्रसाईले देशमा हिन्दू राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गरेका छन्।

सम्बन्धित समाचार