२०८३ बैशाख २६ गते , शनिबार

बिर्तामोडमा सुप्रसिद्ध कथा वाचक राधिका दासीको प्रवचन 

sajilo news
झापा
२०७९ फाल्गुन १४ गते , आईतबार
बिर्तामोडमा सुप्रसिद्ध कथा वाचक राधिका दासीको प्रवचन 

बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । 

बिर्तामोड–४ मेघावारि टोलमा नवनिर्मित श्री सिद्धि विनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिइन् । सार्वजनिक महत्त्वको क्रियापुत्री भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको हो ।

सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको कथा प्रवचन रहने उक्त अनुष्ठानका लागि पण्डाल निर्माण कार्य धमाधम भइरहेको छ । आयोजक समितिले सचिवालय समिति, विभिन्न उपसमिति र सल्लाहकार समिति गठन गरी प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । सामुदायिक भवन र क्रियापुत्री भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिने उक्त धार्मिक अनुष्ठानमा सरिक भई आध्यात्मिक लाभ लिएर स्वैच्छिक सहयोग गर्न सरोकारवाला सबै पक्षलाई आयोजक समितिले आग्रह गरेको छ । 

सप्ताहव्यापी महापुराणको पाठ पारायण र कथा प्रवचनअघि फागुन २० गते बिहान ९ बजेदेखि कलश यात्रासहितको नगर परिक्रमा तय गरिएको छ । नगर परिक्रमा र सप्ताहव्यापी कथा प्रवचनमा सहभागी भइदिन बिर्तामोड र छिमेकी नगरवासीमा आयोजक समितिले आग्रह गरेको छ । 

अनुष्ठानको उद्घाटन फागुन २० गते सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गरिने पुराण आयोजक समितिका सचिव पुष्प खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार