२०८३ बैशाख २४ गते , विहीबार
सुरु भयो होली, हनुमानढोकामा ठड्याइयो 'चीर'
काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा सोमबार बिहान चिर ठड्याएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ ।
वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो । चन्द्र मासअन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ।