२०८३ बैशाख २६ गते , शनिबार

सरकार छाड्ने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता

sajilo news
झापा
२०७९ फाल्गुन १५ गते , सोमबार
सरकार छाड्ने एमालेको निर्णय

नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
पार्टी सचिवालय बैठकपश्चात पुष्पकमल दाहाल (प्रचण्ड) सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पार्टीका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका पौडेलले आजै एमालेका मन्त्रीले राजीनामा दिने बताए। उनले भने, 'आजको बैठकले वर्तमान सरकारलाई दिएको एमालेले दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय लिएका छौं।'

सम्बन्धित समाचार