२०८३ बैशाख २० गते , आईतबार

यमनमा अमेरिकी ड्रोन आक्रमण, दुईजनाको मृत्यु

sajilo news
रासस
२०७९ फाल्गुन १५ गते , सोमबार
यमनमा अमेरिकी ड्रोन आक्रमण, दुईजनाको मृत्यु

यमन । यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको  एक सैनिक अधिकारीले सोमबार बताएका छन् । 

अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल जलाल क्षेत्रमा एउटा घरमा प्रहार  क्षेप्यास्त्र प्रहार गरेको थियो जुन घर हाल साउदी समर्थित यमनी सरकारद्वारा नियन्त्रित  रहेको बताइएको छ । 

आक्रमणपछि, अल-कायदा आतङ्कवादी समूहका सदस्यहरू शवहरू संकलन गर्न विस्फोट भएको ठाउँमा पुगेको र त्यसपछि नजिकैको मरुभूमिमा भागेको पनि सुरक्षास्रोतले जनाएको छ । 

अरबी प्रायद्वीपमा अल-कायदा र अन्य चरमपन्थी समूहहरूको बलियो उपस्थिति रहेको लामो समयदेखि सैन्य झडपको केन्द्रबिन्दु रहेको अब्यान प्रान्तमा यस्ता थुप्रै झडपहरू हुने गरेको छ ।  

अब्यान र अन्य छिमेकी प्रान्तहरू-शाब्वाको चट्टानी इलाका र पहाडी इलाकाहरूमा लुकेका अल-कायदा लडाकूहरूले यमनका सरकारी सेनाहरू विरुद्ध बारम्बार विभिन्न आक्रमणका रणनीतिहरू प्रयोग गर्ने गरेका छन् । (रासस-सिन्ह्वा)

सम्बन्धित समाचार