२०८३ बैशाख २० गते , आईतबार

भारतमा बढ्यो खाना पकाउने ग्यासको मूल्य

sajilo news
झापा
२०७९ फाल्गुन १७ गते , बुधबार
भारतमा बढ्यो खाना पकाउने ग्यासको मूल्य

नयाँ दिल्ली । भारतमा मार्च १ अर्थात आजदेखि ग्यास सिलिन्डरको मूल्य बढेको छ। १४.२ केजीको घरेलु सिलिन्डरको मूल्य भारु ५० (नेरु ८०)ले बढेको हो । त्यस्तै १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्य भने ५६२ रुपैयाँले बढेको दैनिक भास्करमा उल्लेख छ। 

१९ किलोको व्यावसायिक सिलिन्डरलाई अब दिल्लीमा ३ हजार ४ सय २ रुपैयाँ पर्छ भने घरेलु एलपीजी सिलिन्डरको १७ सय ७० रुपैयाँ पर्छ । बढेको दर मार्च १ बाटै लागू हुने बताइएको छ । भारतमा घरेलु सिलिण्डरको मूल्य ८ महिनापछि बढेको हो । यसअघि जुलाई ६ मा मूल्य बढाइएको थियो। 

सम्बन्धित समाचार