२०८३ बैशाख २६ गते , शनिबार

प्रदेश १ को नाम 'कोशी प्रदेश' दुई तिहाई बहुमतले पारित

sajilo news
झापा
२०७९ फाल्गुन १७ गते , बुधबार
प्रदेश १ को नाम 'कोशी प्रदेश' दुई तिहाई बहुमतले पारित

प्रदेश १ को नाम बल्ल टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

कोसीको पक्षमा ८२ मत खस्यो । विपक्षमा ४ मत खसेको छ । मतदान प्रक्रियामा ६ जना अनुपस्थित भए । प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा आज बिहान दर्ता गरेको थियो ।

उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन् । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै प्रदेशको नाम टुंगो लागेको छ ।

सम्बन्धित समाचार