२०८३ बैशाख २० गते , आईतबार

इण्डोनेसियाको तेल भण्डारमा आगलागी, १७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ फाल्गुन २० गते , शनिबार
इण्डोनेसियाको तेल भण्डारमा आगलागी, १७ जनाको मृत्यु

इण्डोनेसियाको राजधानी जाकार्तास्थित तेल भण्डारमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। आगलागीमा परी ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। 

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सरकारी तेल डिपोमा आगलागी भएको अधिकारीले जनाएका छन् । 

उत्तरी जाकार्ताको सरकारी उर्जा कम्पनी पेर्तामिनाको तेल डिपोमा आगलागी भएको हो । आगलागीपछि डिपो आसपासका क्षेत्र खाली बनाइएको थियो । आगलागीको कारणबारे स्पष्ट भइसकेको छैन।

सम्बन्धित समाचार