२०८३ बैशाख २० गते , आईतबार

सैनिक विमान ठोक्किँदा चालकको मृत्यु

sajilo news
रासस
२०७९ फाल्गुन २३ गते , मंगलबार
सैनिक विमान ठोक्किँदा चालकको मृत्यु

रोम । इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किँदा दुवै विमानका चालकको मृत्यु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालकको मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताएका छन् । 
रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 
प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् । दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् । (रासस/एएफपी)

सम्बन्धित समाचार