२०८३ बैशाख २६ गते , शनिबार

राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु

sajilo news
झापा
२०७९ फाल्गुन २५ गते , विहीबार
राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु

राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ । राष्ट्रपतिमा उम्मेदवारी दिएका दुवै जनाले मतदान गरेका छन्। आठदलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्बाङले मतदान गरेका हुन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान जारी छ। मतदान दिउँसो ३ बजेसम्म चल्‍नेछ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । मतदानमा संघीय संसद्तर्फ तीन सय ३२ र  प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता सहभागी हुँदैछन्।  संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

सम्बन्धित समाचार